हाम्रो बारेमा

हाम्रो बारेमा:

नेपाल संघीय लोकतान्त्र्तिक व्यवस्थामा प्रवेश गरेपछि, संविधानले तीन तहको शासन व्यास्थाको प्रावधान गरेको छ। बागमती प्रदेशका जिल्लाहरूमा संघ, प्रदेश, र स्थानिय तहसँग समन्वय गर्दै तथा तोकिए बमोजिम स्वास्थ्य सम्बन्धी गतिविधिहरू सञ्चालन र व्यवस्थापन गर्नका उद्देश्यले प्रदेश तहको स्वास्थ्य कार्यालय स्थापना गर्ने निर्णय भए बमोजिम, बागमती प्रदेशका सबै जिल्लामा स्थापना भएका स्वास्थ्य कार्यालयहरू मध्येको एक स्वास्थ्य कार्यालय रसुवा हो।

स्वास्थ्य कार्यालय रसुवा, रसुवा जिल्लामा प्रमुख प्राविधिक र प्रशासनिक स्वास्थ्य निकाय हो जसले विशेषता स्वास्थ्य निर्देशनालय मातहातको कार्यालयको रूपमा रही, प्रदेश र स्थानीय तहसँग समन्वय, सहजीकरण, सहयोग, र तोकिए बमोजिम प्रदेशको निर्देशानुसार कार्य सम्पादन गर्दैछ।

स्वास्थ्य कार्यालय रसुवाले नेपाल सरकारको स्वास्थ्य नीति अनुसार प्रतिकारात्मक, प्रवृद्धानात्मक स्वास्थ्य सेवा प्रदान गर्ने लक्ष्य राखेको छ र यसका साथै, राष्ट्रिय लक्ष्यहरू, दीर्घकालिन लक्ष्यहरू, सहश्राव्दी विकास लक्ष्य, र दिगो विकास लक्ष्यका पूर्ति गर्नका लागि केन्द्र एवं क्षेत्रबाट आएका कार्यक्रम, निर्देशनहरूलाई कार्यान्वयन गरी, विभिन्न क्षेत्रमा स्थानीय स्वास्थ्य सेवा प्रदान गरी राष्ट्रिय स्वास्थ्य अभियानहरूमा सहभागी बनाइरहेको छ।

स्वास्थ्य कार्यालय रसुवाले आफ्नो स्वास्थ्य संग संवन्धित कार्यालयहरूको सुपरिवेक्षण, अनुगमन, मूल्यांकन, र महामारी नियन्त्रण सहितको कर्मचारी व्यवस्थापन गरेको छ। जनस्वास्थ्य कार्यक्रमहरूको योजना तर्जुमा, संचालन समन्वय, तालिम, वजेट व्यवस्था, औषधि औजारको आपूर्ति, र अन्य नियमित कार्यक्रमहरूको संचालन गरिरहेको छ।

यस कार्यलय अन्तर्गत स्वास्थ्य सेवा प्रदान गर्ने संरचनाहरूमा १ प्राथमिक स्वास्थ्य केन्द्र, १७ वटा स्वास्थ्य चौकी, १८ वटा आधारभुत स्वास्थ्य सेवा केन्द्र, ५७ खोप क्लिनिक, ४७ गाउँघरक्लिनिक, २४५ महिला सामुदायिक स्वास्थ्य स्वंयमसेविका र १३ विधालय नर्स रहेको छ। उल्लेखित संस्थाहरू मध्ये ९ वटा किशोरकिशोरी मैत्री सेवा साइट, ४ वटा BEOC, १६ वर्थिङ्ग सेन्टर,२ वटा CB-PMTCT Site, २१ वटा DOTSSite, ११ वटा IUCD Service Site, २१ वटा Implant Site, ७ वटा Microscopy Site, ६ वटा संस्था OTC Site,१९ वटा PMTCT Site,२ वटा Safe Abortion Site र ९ वटा संस्थामा प्रयोगशाला सेवा समेत संचालनमा रहेको छ।

पालिका स्वास्थ्य शाखा विवरण:

सि.

पालिकाको नाम

स्वास्थ्य शाखा प्रमुख

ईमेल

समपर्क नं

गोसाईकुण्ड गाउँपालिका

श्री विमल घिमिरे

cool.bimal48@gmail.com

९८४९०९३२९५

आमाछोदिङमो गाउँपालिका

श्री निमा नुर्पू तामाङ

nimatamang196@gmail.com

९८६९२२३८३२

कालिका गाउँपालिका

श्री नवराज न्यौपाने

nawarajneupane340@gmail.com

kalikagaupalikaswasthyashakh a@gmail.com

९८५११८६५७०

उत्तरगया गाउँपालिका

श्री रविन्द्र ठकुरी

RabindraThakuri56@gmail.com

 

९८४१५३९७९०

नौकुण्ड गाउँपालिका

श्री अण प्रसाद पौडेल

anapaudel72@gmail.com

९८४१४१८०२९९८१८१६२०६०

डाउनलोड

सूचना / समाचार